मुस्ताङमा मजदुर चढेको ट्रिपर दुर्घटना, १५ जनाको मृत्यु, घाइतेहरुको अवस्था गम्भीर

मुस्ताङ । मुस्ताङको स्याङ्बोचेमा सडक निर्माण गर्ने मजदुर चढेको ट्रिपर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।

मजदुर चढेको चढेको बा २ क २२१९ नम्बरको ट्रिपर दुर्घटना भएको प्रहरीले जनाएको छ । दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा कालीगण्डकी करिडोर सडकमा काम गर्ने मजदुर चढेको ट्रिपर सडकबाट खस्दा ४ महिला र ११ जना पुरुषको मृत्यु भएको घटनास्थलमा रहेका प्रहरी हवल्दार कृष्णगोपाल परियारले जानकारी दिएका छन् ।

ती मजदुरहरु स्याङ्बोचेमा खाना खाएर तामाखोलामा काम गर्न जाँदै गरेका मजदुरहरु दुर्घटनामा परेका हुन् ।
दुर्घटनामा १७ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था सामान्य रहेको छ भने अरुको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ । गम्भीर घाइतेलाई उद्दारका लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर पर्खिरहेको घटनास्थलमा रहेका प्रहरी हवल्दार परियारले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र रेग्मीसहितको टोली पनि घटनास्थलतर्फ गएको छ ।

 

प्रतिक्रिया दिनुहोस्