साउदीमा करेन्ट लागेर रोल्पाका एक जना यूवकको मृत्यु

रोल्पा । स्वेदशमा रोजगारीका सम्भावना नभएपछि विदेश गएका रोल्पाका एक जना यूवकको मृत्यू भएको छ ।

साउदीको एक कम्पनीमा काम गर्दागर्दै विद्युतीय करेन्टमा परेर उनको ज्यान गएकोे पारिवारिक स्रोतले जनाएको छ । रोल्पको परिवर्तन गाउँपालिका–१, कुरेलीका २३ वर्षीय युवा रामचन्द्र पुनको गत असार १८ गते भएको मृत्युले विदेशमा काम गर्ने रोल्पालीको जोखिम झनै प्रष्टयाएको छ । विदेश जाने युवाको संख्या घट्दै गए पनि मृत्यु हुनेको संख्या भने अझै घट्न सकेको छैन ।

आव ०७२/०७३ मा वैदेशिक रोजगारीमा गएका छ हजार ८५७ रोल्पालीमध्ये २२ जनाले खाडी मुलुकमा ज्यान गुमाएका थिए । यसैगरी, आव ०७३/०७४ मा खाडी गएका चार हजार २३६ मध्ये १९ जनाको मृत्यु भएको थियो । चालू आवमा समेत मृत्यु ठूलो संख्याका रोल्पाली युवाले विदेशी भूमिमा काम गर्दागर्दै ज्यान गुमाएको बताइएको छ ।

शुरुवातमा पुरुष मात्र विदेश जाने गरेकोमा पछिल्ला दिनमा महिलासमेत विदेश जान थालेका छन् । घरमा कमाइ गर्ने पुरुष नभएका परिवारबाट महिलासमेत विदेश गएर काम गर्न बाध्य हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्