एनसीसी बैंकले पायो ५० प्रतिशत हकप्रद बेच्ने अनुमति

काठमाडौं । नेपाल क्रेडिड एण्ड कर्मस बैंकले धितोपत्र बोर्डसंग ५० प्रतिशत हकप्रद निश्कासनको लागि अनुमति मागेकोमा लामो समय पछि आज २२ गते शुक्रबार बोर्डबाट हकप्रद जारी गर्न स्वीकृती पाएको छ ।

बैंकले गत मंसिर २० गते चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद बिक्री गर्न अनुमति माग्दै बोर्डमा निवेदन दर्ता गरेको थियो । राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी पुर्याउन गर्न बैंकले हकप्रदको बाटो रोजे थियो ।

बोर्डबाट एनसीसीले २ः१ अर्थात दुई बराबर एक कित्ता अनुपातमा एक सय रुपैयाँ अंकित दरको २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद जारी गर्न अनुमति पाएको हो। बैंकले बिक्री प्रबन्धकको जिम्मेवारी सनराइज क्यापिटललाई दिएको छ ।

हाल चार अर्ब ६७ करोड ९० लाख ५८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकमा ५० प्रतिशत हकप्रद बिक्री पछि सात अर्ब एक करोड ८५ लाख ८७ हजार रुपैयाँ पुग्नेछ । हकप्रदपछि पनि बैंकलाई राष्ट्र बैंकले तोकेको चुत्ता पूँजी पुर्याउन अझै ९९ करोड रुपैयाँ कमि हुन्छ, भने सो रकम लागि सञ्चित नाफाबाट बोनस वितरण गरेर बैंकले आठ अर्ब रुपैयाँ चुक्ता पुर्याउन पर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्