कुमारी बैंकको सेयर लिलामी खुल्ला, कहाँ कहाँ बाट दिन सकिन्छ आवेदन ?

काठमाडौं । कुमारी बैंकको आज (आषाढ २२ गते) देखि सेयर लिलामी खुला भएको छ । बैंकले शुक्रबारदेखि संस्थापक समूहको ५ लाख १ हजार ९२१.६९ कित्ता र सर्वसाधारण समूहको ६ लाख ३९ हजार ४५२.८१ कित्ता सेयर लिलामीमा ल्याएको हो । यसमा असार २९ गतेसम्म बोलपत्र बुझउन सकिन्छ । संस्थापक सेयरको लिलामीमा न्यूनतम १००० कित्ता र सर्वसाधारणमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि बोलपत्र पेश गर्न पाइनेछ ।

न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र भर्न सकिन्छ । यसमा बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल लाजिम्पाट तथा यसका लालदरबार काठमाडौं र लगनखेल ललितपुरबाट आवेदन दिन सकिनेछ । यसैगरी, कुमारी बैंकको प्रधान कार्यालय दरबारमार्ग र यसका नेपालगञ्ज, सुर्खेत, धनगढी, वीरगञ्ज, विराटनगर, बुटवल र पोखरा शाखामा पनि बोलपत्र बुझाउन पाउने व्यवस्था छ ।

कुमारीले यसअघि वैशाख २८ गतेदेखि जेठ ३१ गतेसम्म १ करोड १९ लाख ३८ हजार ९९१.६५ कित्ता हकप्रद सेयर लिलामीमा ल्याएको थियो । त्यतिबेला बिक्री नभई बाँकी सेयर अहिले लिलामीमा ल्याइएको हो । हाल यस बैंकको चुक्ता पुँजी ५ अर्ब ९६ करोड ९४ लाख ९६ हजार रुपैयाँ छ । लिलामी बिक्रीपछि चुक्ता पुँजी ७ अर्ब १६ करोड ३३ लाख ९५ हजार १६५ रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्