विश्वकप २०१८ को पहिलो क्वाटरफाइनलमा फ्रान्स र उरुग्वे भिड्दै

एजेन्सी । रुस विश्वकप २०१८ अन्तर्गत आज हुने पहिलो क्वाटरफाइनलमा दुई पटकको विजेता उरुग्वे र १९९८ को विजेता फ्रान्स भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुकाको ७.४५ बजे सुरु हुने छ ।

एडिन्सन काभानी घाइते भएका कारण खेलमा उपस्थित हुने छैनन् यो उरुग्वेका लागि ठूलो धक्का हुने छ । प्रि–क्वाटरफाइनलमा काभानीकै दुई गोलमा उरुग्वेले पोर्चुगललाई २–१ ले हराएको थियो ।
अर्को तर्फ, फ्रान्सका लागि मिडफिल्डर ब्लेज माटुइडी प्रतिबन्धित रहेका छन् । अर्जेन्टिना विरुद्धको जितमा खेलाएकै टोली फ्रान्सले उतार्ने लगभग पक्का रहेको छ । फ्रान्सले अहिलेसम्म प्रतियोगितामा ७ गोल गर्दै ४ गोल खाएको छ ।
उरुग्वे भने आफ्नो रक्षात्मक खेलका लागि चिनिने गर्छ र ४ खेलमा ७ गोल गर्दै केवल १ गोल खाएको छ ।

प्रतिक्रिया दिनुहोस्