माइतीघरमा प्रदर्शन गर्न पाउनुपर्ने भन्दै सर्वोच्चमा रिट

काठमाडौं । माइतीघर मण्डलालगायतका ठाउँलाई निषेधित क्षेत्र घोषणा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा विहिवार रिट दर्ता भएको छ ।

अधिवक्ता दिनेश त्रिपाठीले सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन् । सरकारले संविधान विपरीत नागरिकको अधिकार र स्वतन्त्रतालाई कुण्ठित पार्न खोजेको भन्दै सार्वजनिक ठाँउमा प्रदर्शन गर्न पाउनुपर्ने माग गर्दै अधिवक्ता त्रिपाठीले रिट निवेदन दर्ता गरेको जानकारी दिए ।

त्रिपाठीले दायर गरेको रिटमा सर्वोच्चले शुक्रवार नै पेसी तोेकेको छ । सरकारले खुलामञ्च, तीनकुने खुला चौर, कोटेश्वर, भुइँले चौर, भगवान पाउ, पेप्सीकोला खेलमैदान, सानो गौचरण फुटबल मैदान, लैनचौर समाज कल्याण परिषद् अगाडिको खुला स्थान र सिफल चौर, गौशालामा मात्रै प्रदर्शन गर्ने ठाउँ तोकेपछि यसको चौतर्फीरुपमा आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्