धादिङ्गमा ४.१ रेक्टर स्केलको परकम्प

काठमाडौं । धादिङको झारलाङलाई केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्पको परकम्प गएको छ ।
बिहिबार बिहान ७ः२१ बजे ४.१ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यस अघि असार १४ गते धादिङको सुन्दरबजार केन्द्रबिन्दु भई ५ रेक्टरको परकम्प गएको थियो ।
गोरखा भूकम्पयता हालसम्म चार रेक्टर स्केलभन्दा माथिका ५०० परकम्प गईसकेको भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्