नेसनल लाइफको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेसनल लाइफ इन्सुरेन्सको ६० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज (असार २१ गते) अन्तिम दिन हो । कम्पनीले हकप्रदका लागि शुक्रबार देखि बुक क्लोज गर्दैछ । इन्सुरेन्सले साउन १ गतेदेखि ६० हकप्रद सेयर निष्कासन गर्दैछ । कम्पनीले १०ः६ अनुपातमा ९९ लाख ३६ हजार ४७७.५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।


लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको लाजिम्पाट, लालदरबार, लगनखेल, पोखरा, वीरगञ्ज, बुटवल र विराटनगर शाखाबाट हकप्रदका लागि आवेदन दिन सक्नेछन् । यसैगरी, नेसनलको रजिष्टार्ड कार्यालय, लाजिम्पाट र यसका सम्पूर्ण शाखाहरु तथा सी–आस्वाबाट पनि हकप्रद भर्न पाइन्छ ।

हाल इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ६५ करोड ६० लाख ७९ हजार ५९० रुपैयाँ छ । हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ६४ करोड ९७ लाख २७ हजार ३४४ रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्