राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बैठकबाट पारित भई पेश हुन भएका तीन विधेयकको आज प्रमाणीकरण गर्नुभएको छ ।

संसदमा पारित संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक २०७५, संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी विधेयक, २०७५ र बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) विधेयक, २०७५ लाई राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्