कार्यव्यवस्था परामर्श समिति गठन, समिति चौध सदस्यीय बन्यो

काठमाडौँ । प्रतिनिधिसभाको बुधवारको बैठकले १४ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ ।

समितिका सदस्यहरुमा संघीय समाजवादी फोरमका उमाशंकर अरगरिया र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का खगराज अधिकारी, जयपुरी घर्ती, देवप्रसाद गुरुङ, पवित्रा निरौला खरेल, भानुभक्त ढकाल, रामेश्वर राय यादव, रेखा शर्मा र शान्ता चौधरी रहेका छन् ।

यसैगरी, नेपाली काँग्रेसका तर्फबाट दिलेन्द्रप्रसाद बडू, पार्वता डिसी चौधरी, पुष्पा भुसाल गौतम र बालकृष्ण खाँड रहेका छन्, भने राजपा नेपालबाट राजकिशोर यादव सदस्य रहेका छन् ।

बुधवारको बैठकमा अर्थमन्त्री डा.युवराज खतिवडाले ‘लेखापरीक्षण विधेयक, २०७५’ प्रस्तुत गरेका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक असार २२ गते दिनको १ बजे बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्