प्रदेश नम्वर ५ को विनियोजन विधेयक बहुमतले पारित

बुटवल । प्रदेश नम्वर ५ मा प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (प्रदेश नं ५ प्रदेश विनियोजन विधेयक २०७५) बहुमतले पारित भएको छ ।

प्रदेशसभाको बुधवार बसेको बैठकमा मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलको अनुपस्थितिमा आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले ‘(प्रदेश नं ५ प्रदेश विनियोजन विधेयक २०७५) पारित गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गरेपछि सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले विधेयक पारित भएको हो ।

सो विधेयकमा विपक्षी दल नेपाली काँग्रेसले असहमति जनाएको छ । विधेयक पाससँगै प्रदेश सरकारलाई बजेट कार्यान्वयन गर्न बाटो खुला भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्