निषेधित क्षेत्र तोड्दै माइतीघरमा कांग्रेसका भातृ संगठनको प्रर्दशन

काठमाडौं । काठमाडौंको माइतीघर मण्डला क्षेत्रमा विरोध प्रर्दशन गर्न नपाइने सरकारको निर्णय विरुद्ध नेपाली कांग्रेसका  भातृ संगठनहरुले विरोध प्रदर्शन गरेका छन् ।

सधै सदनमा सरकारको विरोध गरिरहने नेपाली कांग्रेस अहिले सडकमा सरकारको विरुद्धमा चर्को नारा लगाएर प्रर्दशन गर्न थालेको छ । कांग्रेसका  भातृ संगठनहरुले बुधवार सडकमै आएर सरकारको कडा विरोध मात्रै हैन् । सरकारको विरुद्धमा नारा समेत लगाएका छन् ।

केहि दिन अघि सरकारको निर्देशनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले विरोध प्रदर्शन गर्न पाइने सात स्थान तोकेको थियो । त्यसमा माइतीघर र रत्नपार्क परेका थिएन । कांग्रेसका  भातृ संगठनहरुले  बुधवार माइतीघरमा सभा र प्रदर्शन गर्न पाउनुपर्ने भन्दै विरोध प्रदर्शन गरेका थिए ।

प्रदर्शनको क्रममा प्रर्दशनकारी र प्रहरी बिच केहि समय धकेलाधकेल भएको थियो । धकेलाधकेलका क्रममा नेविसंघका कार्यकर्ता दोलखाका अर्बत खड्का घाइते भएका छन् । उनको वीर अस्पतालमा उपचार भइरहेको छ । माइतीघरको प्रदर्शनमा नेविसंघका पूर्वसभापति तथा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल पनि सहभागी भएका थिए ।

प्रदर्शनकारीले ‘निषेधित क्षेत्र खारेज गर’, ‘गोविन्द केसी र गंगामाया अधिकारी’को माग पूरा गर लगायतको नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्