सेवाग्राहीलाई दुःख दिई अनावश्यक रकम असुल्ने आठ जना पक्राउँ

काठमाडौं । यातायात व्यवस्था कार्यालय मोटरसाइकल शाखा गुर्जुधारामा सेवाग्राहीलाई दुःख दिने र अनावश्यक रकम असुल्ने ८ जना विचौलियालाई प्रहरीले बुधवार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाका कृष्णप्रसाद थपलिया, काठमाडौंका किरण देउला, अपार रिजाल, ललितपुरका प्रकाश तण्डुकार, कञ्चन राई, सिन्धुलीका पवन तामाङ, भक्तपुरका गोपालकृष्ण श्रेष्ठ तथा बाँकेका बालकृष्ण खत्री रहेका छन् ।

सेवाग्राहीलाई सिधै सेवा लिन अवरोध गरेको, जबरजस्ती तानिरहेको र काम गराइदिन्छु भन्दै रकम असुली गरिरहेको अवस्थामा ८ जना विचौलियालाई महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्