जबरजस्तीकरणी गर्न खोज्नेलाई पक्राउ

काठमाडौ । जबरजस्तीकरण गर्न खोज्ने एकजना ब्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ ।
सप्तरी जिल्लाको बोदे बर्साइन नगरपालिका–९ का ५५ वर्षीय सूर्यनारायण साहलाई ८ वर्षीया बालिकालाई जबरजस्तीकरण गर्न खोजेका कारण प्रहरीले पक्राउ गरेको हो ।

साहले बालिकालाई जबरजस्तीकरणीको मनसाय राखेको तथा गत वैशाख १६ गते उनले विद्यालयको कोठामा बालिकालाई कब्जामा लिएर शरीर छामछुम गर्ने, गोप्य अंगहरु चलाउने काम गरेको बताएको छ ।

सप्तरीका प्रहरी प्रवक्ता डीएसपी भावेश रिमालले डर, धम्कीका कारण बालिकाले कसैलाई जानकारी नगराएतापनि भिडियो नै फेला परेपछि साहलाई पक्राउ गरी जबरजस्तीकरणी उद्योग शीर्षकमा मुद्दा चलाइएको जानकारी दिए । ‘हामीलाई कतैबाट भिडियो प्राप्त भएपछि दोषीको खोजी शुरु गर्‍यौं,’ रिमालले भने, ‘भिडियोमा देखिएका व्यक्ति साह नै हुन् ।’ साहलाइ पक्राउ गरेपछि कारबाहि प्रक्रिया अघि बढाएको रिमालले बताए ।

 

प्रतिक्रिया दिनुहोस्