सामुदायिक वनमा पुरुषको शव भेटियो

काठमाडौ । झापा जिल्लाको मेचीनगर–९ मा मङ्गलबार एक पुरुषको बेवारिसे शव फेला परेको छ ।

प्रहरीले मागुरमाडी सामुदायिक वन उपभोक्ता समूहको एउटा खाल्डोमा शव भेटिएको जनाएको छ ।
उक्त सव स्थानीयले बिहान ११ बजे तिर देखेपछि इलाका प्रहरी कार्यालय धुलाबारीलाई खबर गरेका थिए ।

मङ्गोलीयन जस्तो फेस भएको लगभग ४० वर्ष जस्तो उमेरका पुरुषको शव पोष्टमार्टम गर्न मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको छ । शवको पहिचान भने हुन नसकेको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्