नाडेपको आइपिओ बाँडफाँट, कति आवेदकले कति कित्ताका दरले शेयर पाए ?

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आइपिओ आज बुधवबार वाँडफाँट भएको छ ।

गोलाप्रथाबाट भएको वाँडफाँटमा ४३ हजार दुइ सय आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । आइपिओमा दुर्इ लाख १९ हजार ९१ जनाले आवेदन दिएका थिए । आवेदन दिनेमध्ये ४ सय ७४ आवेदन रद्द भएको छ ।

संस्थाले चार करोड ८० लाख रुपैयाँ बराबरको चार लाख ८० हजार कित्ता सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गरेको थियो । जसमा ९९ लाख एक हजार १३० कित्ताका लागि आवेदन परेको थियो ।

नाडेपले असार १४ गतेदेखि शेयर निष्कासन बिक्री खुला गरेको थियो । संस्थाले न्यूनतम २० कित्तादेखि २४०० कित्तासम्मको लागि आवेदन लिएको थियो ।
हाल नाडेपको चुक्ता पूँजी ११ करोड २० लाख रुपैयाँ रहेको छ । संस्थाले ३० प्रतिशत आइपिओ बिक्री गरेसँगै १६ करोड रुपैयाँ पुग्नेछ।

 

प्रतिक्रिया दिनुहोस्