मोटरसाइकलले ट्रकलाई ठक्कर दिँदा चालकको मृत्यु

काठमाडौ । सप्तरीको कञ्चनरुप नगरपालिका–९, रुपनगरमा गएराति ट्रकमा मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदैगरेको ना ३ ख ३३२५ नंको मालबाहक ट्रकमा सोही दिशाबाट आएको को ९ प ७८५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ठोक्किँदा मोटरसाइकल चालक कञ्चनरुप नगरपालिका–९, रुपनगर निवासी १७ वर्षीय किसन यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय, कञ्चनरुपले गम्भीर घाइते भएका स्थानीय अरबिनकुमार यादवको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्