नेपाल बैंकको एफपीओ नाबिकेमा के होला ? कसले गरेका छन् प्रत्याभूति ?

काठमाडौं । नेपाल बैंकले १०० रुपैया अंकित मुल्यमा १८० रुपैया प्रिमियम थप गरी प्रति कित्ता २८० मा एफपीओ निस्काशन गरिरहेको छ । नेपाल बैंकले ४ अर्ब ९५ करोड बराबरको १ करोड ७६ लाख कित्ता एफपीओ निस्काशन गरिरहेको छ ।
एफपीओमा लगानीकर्ताहरुले खासै चासो देखाएका छैनन् । अन्तिम दिन सम्मपनि लगानीकर्ताबाट एफपीओको सबै कित्ता शेयर आवेदन नदिएको अवस्थामा बाकी रहेको शेयर प्रत्याभूतिकर्ताले खरिद गर्नु पर्ने हुन्छ।
नेपाल बैंक लिमिटेडको ४ अर्ब ९५ करोड बराबरको एफपीओ निस्काशनलाई ८ वटा क्यापिटलले प्रत्याभूत गरेका छन् ।
प्रत्याभुतिकर्ता मध्ये सबै भन्दा धेरै सिबिआईएल क्यापिटलले १ अर्ब १५ करोड बराबरको ४१ लाख २० हजार कित्ता, ग्लोबल आइएमई क्यापिटल लिमिटेडले १ अर्ब १३ करोड बराबरको ४० लाख ५० हजार कित्ता, सिबिआइएल क्यापिटल लिमिटेड र ग्लोबल आइएमई क्यापिटल बाहेक एनआइबिएल क्यापिटल लिमिटेड , सिभिल क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, सनराईज क्यापिटल लिमिटेड, सानिमा क्यापिटल लिमिटेड, नेपाल एसबिआई मर्चेन्ट बैङ्किङ्ग लिमिटेडलेपनि नेपाल बैंक लिमिटेडको एफपीओ शेयर प्रत्याभूत गरेका छन् ।
कम्पनीको चुक्ता पुँजी भन्दा धेरै गुणा सम्म प्रत्याभूत गरेका मर्चेन्ट बैंकले यदी ठुलो मात्रामा एफपीओ बिक्री नभएको खण्डमा के हुने भन्ने कुराको अन्योल सिर्जना गरेको छ ।
प्रतिक्रिया दिनुहोस्