नागबेली लघुवित्तको १०० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नागबेली लघुवित्त वित्तीय संस्थाको १०० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज (असार २० गते) अन्तिम दिन रहेको छ । लघुवित्तले हकप्रद खुला गर्नको शुक्रबार बुक क्लोज गर्ने भएको छ । लघुवित्तले साउन ४ देखि १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्दैछ । लघुवित्तले ७ लाख ६६ हजार ४६३.१५ कित्ता सेयर बिक्री गर्न लागको हो । १०० रुपैयाँ अंकित मूल्यको यो हकप्रद भदौ ७ गतेसम्म भर्न सकिनेछ ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं तथा एनएमबि बैंकका अधिकांश शाखाबाट पनि आवेदन दिन सकिनेछ भने एनएमबि क्यापिटलमा चेक मार्फत मात्र भुक्तानी गर्न सकिनेछ । यसैगरी, गुडविल फाइनान्सको हात्तिसार, डिल्लीबजार, इन्द्रचोक र कुमारीपाटी शाखा तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिने व्यबस्था छ ।

सेन्ट्रल फाइनान्सको कुपण्डोल र चाबहिल शाखा तथा कामना सेवा विकास बैंक, ज्ञानेश्वर काठमाडौंबाट पनि आवेदन दिने व्यवस्था रहेको छ । हाल नागबेलीको चुक्ता पुँजी ७ करोड ६ लाख ४६ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी १५ करोड ३२ लाख ९२ हजार ६३० रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यस कम्पनीले १ करोड ८३ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ९९ पैसा ९वार्षिक० रहेको नागबेलीको प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ १३ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्