स्विडेन स्विट्जरल्यान्डलाई १–० ले हराउँदै क्वार्टरफाइनलमा

एजेन्सी । रुस विश्वकप २०१८ को अन्तिम १६ को सातौं खेलमा स्विडेनले स्विट्जरल्यान्डलाई १–० ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । स्विडेनका लागि विङर एमिल फोर्सबर्गले निर्णायक गोल गर्न सफल रहे ।

पहिलो हाफमा दुवै टोली गोल गर्न असफल रहे । दोस्रो हाफमा भने स्विडेन गोल अग्रता लियो । स्विट्जरल्यान्डले खेलको अन्तिम मिनेटमा रातो कार्ड खांदै १० खेलाडीमा सीमित भएको थियो ।

साविक विजेता जर्मनी रहेको समूह ‘एफ’ मा विजेताका रुपमा स्विडेन अन्तिम १६ मा छनोट हुन सफल भएको थियो । अर्को तर्फ, ब्राजिललाई पहिलो खेलमा १–१ को बराबरीमा रोकेको स्विट्जरल्याण्ड समूह ‘ई’ को उपविजेता रहेको थियो ।

अब स्विडेनले क्वाटरफाइनलमा इंग्ल्यान्डसंग भिड्ने छ ।

प्रतिक्रिया दिनुहोस्