नाडेपको आइपीओ बुधबार बाँडफाँट हुने

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको आइपीओ बुधबार बिहान बाँडफाँट हुने भएको छ । आइपीओ बुधबार बिहान ९ः३० बजे बाँडफाँट हुने बिक्री प्रबन्धक नबिल इनभेष्टमेन्ट बैंकिङले जानकारी दियो ।
आइपीओमा २३.८९ गुणा बढी आवेदन परेको छ । गोलाप्रथाबाट ४३ हजार २०० जनाले १० कित्ताका दरले मात्र सेयर हात पार्नेछन् । आवेदन दिएका २ लाख १९ हजार ११० जनामध्ये १ लाख ७५ हजार ९१० जनाको हात खाली हुनेछ । जम्मा १९.७२ प्रतिशत आवेदकले मात्र सेयर पाउनेछन् ।

कुल १ करोड ३ लाख २० हजार ७६० कित्ता सेयरका लागि आवेदन परेको थियो । रकममा हिसाब गर्दा यो १ अर्ब ३ करोड २० लाख ७६ हजार रुपैयाँ बराबरको आवेदन हुन आउँछ ।

प्रतिक्रिया दिनुहोस्