टीकापुर अस्पतालमा जन्मिएको अनौठो शिशुको मृत्यु

कैलाली । कैलालीको टीकापुर अस्पतालमा जन्मिएको एउटा अनौठो शिशुको मंगलवार बिहान मृत्यु भएको छ ।

शिशुको १ टाउको, २ मेरुदण्ड, ४ हात र ४ खुट्टा रहेका थिए । जानकी गाउँपालिका बस्ने २२ वर्षीया सीता चौधरीले अस्पतालमा मंगलवार विहानै यस्तो अनौठो बच्चा जन्माएकि थिइन् । जन्मिएको बच्चा विहान ११ बजेतिर मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नरेन्द्रकुमार खनालले जानकारि दिए ।

सोमवार राति बेथा लागेपछि सीतालाई अस्पताल ल्याइएको थियो । उनको गर्भावस्थामै यस्तो अनौठो बच्चा रहेको पत्ता लागेको थियो । डा. खनालका अनुसार बच्चाको मृत्यु भए पनि आमाको स्वास्थ्य सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्