सुनसरीमा भारतीय जीप दुर्घटना, ६ जनाको मृत्यु, ४ जना घाईते

सुनसरी । पूर्व—पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–४ कोशी कटानमा भारतीय स्कार्पियो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बी आर ०६ पी बी ६४१८ नम्बरको स्कारपिओ जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सबै भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । धरानबाट घुमफिर गरी घर फर्कने क्रममा जिप अनियन्त्रित भई दुर्घटनामा परेको थियो । कोशी कटानमा रहेको सिपेज पानीमा बोलेरो खस्दा तीन जनाको घटनास्थलमै तथा अन्य तीनको विराटनगरमा उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारत बिहार मधुवनीका सञ्जीवकुमार पौदार, सुपौलका पाँच वर्षीय गोनुकुमार राय, कञ्चनकुमारी राय, सुरेन्द्रकुमार सुमन, धीरेन्द्रकुमार राय र ललियादेवी राय रहेका छन् । दुर्घटनामा घाइते भएका सबैको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले दुर्घटनाको पुष्टि गर्दै ६ जनाको मृत्यु भएको जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्