किसान माइक्रोफाईनान्सले ५० प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डमा दियो निवेदन
काठमाडौं । किसान माइक्रोफाईनान्स वित्तीय संस्थाले ५० प्रतिशत हकप्रद निष्काशन प्रकृया अगाडि बढाएको छ । माइक्रोफाईनान्सले हकप्रद निष्काशनका लागि असार १४ गते धितोपत्र बोर्डमा निवेदन दिएको जनाएको छ ।
माइक्रोफाइनान्सले एक सय रूपैयाँ अंकित दरका दुई लाख ४० हजार २५० कित्ता हकप्रद सेयर विक्री गर्ने भएको हो ।
हकप्रदपछि लघुवित्त कम्पनीको चुक्ता पूँजी ७ करोड २० लाख ७५ हजार रुपैयाँ पुग्नेछ । माइक्रोफाइनान्सको सेयर विक्री प्रबन्धक सिभल क्यापिटल रहेको छ ।
लघुवित्तकोे गत पुस २४ गते सम्पन्न पाँचौ बार्षिक साधारण सभाले २०.१३ प्रतिशत बोनस पश्चात कायम चुक्ता पूँजीको पचास प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।















प्रतिक्रिया दिनुहोस्