जापानलाई हराउँदै बेल्जियम विश्व कपको क्वार्टरफाइनलमा

एजेन्सी । जापानलाई ३–२ ले हराउँदै बेल्जियम विश्व कपको क्वार्टरफाइनलमा पुगेको छ । इन्जुरी समयमा नासेर चाड्लीले निर्णायक गोल गरेपछि बेल्जियम विश्व कपको क्वार्टरफाइनलमा पुगेको हो । बराबरी खेलको ४ मिनेट इन्जुरीको अन्तिम मिनेटमा काउन्टर एट्याकमा उत्कृष्ट मुभ बनाउँदै बेल्जियमले तेस्रो तथा निर्णायक गोल गरेको थियो ।

२–० ले पछि परेको खेल उल्टाउँदै बेल्जियम अन्तिम आठमा पुगेको हो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलमा जापानले ४ मिनेटको फरकमा २ गोल गर्दै अप्रत्यासित अग्रता लिएको थियो । त्यसका विरुद्ध बेल्जियमले पनि ५ मिनेटको फरकमा २ गोल गर्दै खेलमा फर्कियो ।

परिवर्ति रोर्बेटो फिलानीले ७४ औं मिनेटमा गोल गरेसँगै खेल २–२ को बराबरीमा पुगेको थियो । कप्तान इडेन हाजार्डको क्रसमा फिलानीले हेडमार्फत गोल गरेका थिए ।
त्यसअघि ६९ औं मिनेटमा जान भेर्टोघेनले हेडमार्फत गोल गर्दै बेल्जियमलाई खेलमा फर्काउने कोशिस गरेका थिए।

जापानका लागि पहिलो गोल गेन्की हारागुचीले ४८ औं मिनेटमा गरेका थिए । लगत्तै बेल्जियमले गोल फर्काउने मौका पाएको थियो । तर, सफल हुन सकेन । कप्तान इडेन हाजार्डका प्रहार पोष्टमा लागेर फर्केको थियो ।

दबाबमा परेको बेल्जियमविरुद्ध ताकासी इन्युले ५२ औं मिनेटमा अर्को गोल थपेका थिए । अब बेल्जियमले ब्राजिलसँग क्वार्टरफाइनल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्