ब्राजिलको अन्तिम ८ मा स्थान सुनिश्चित

एजेन्सी । रुस विश्वकप २०१८ को अन्तिम १६ को पाचौं खेलमा ब्राजिलले मेक्सिकोलाई २–० ले हराएको छ । ब्राजिलका लागि फरवार्ड नेयमार र रोबर्टो फिर्मिनोले एक एक गोल गरे ।

खेलको ५१ औं मिनेटमा विलियनको पासमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । खेलको अन्तिम मिनेटतिर नेयमारको पासमा फिर्मिनोले गोल गर्दै ब्राजिलको जित सुनिश्चित गरे ।

ब्राजिल र मेक्सिकोले खेलभरी लगभग बराबर पोजेसन राखेका थिए । ब्राजिल समूह ‘ई’ को विजेताका रुपमा अन्तिम १६ मा छनोट भएको हो भने मेक्सिको समूह ‘एफ’ को उपविजेता रहेको हो ।

अब ब्राजिलले बेल्जियमसंग क्वाटरफाइनलमा भिड्नेछ ।

प्रतिक्रिया दिनुहोस्