पोखरा प्रदेश ४ को स्थायी राजधानी तोकियो, नाम तोक्न अझै बाँकि

पोखरा । प्रदेश नम्बर ४ को स्थायी राजधानी पोखरा तोकिएको छ । सोमबार बसेको ४ नम्वर प्रदेशसभाको बैठकले पोखरालाई स्थायी राजधानी बनाउने निर्णय गरे संगै पोखरा स्थायी राजधानी तोकिएको हो ।

प्रदेशका २ दुई तिहाई सांसदहरुको बहुमतले पोखरालाई स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको हो । प्रदेशसभामा उपस्थित ५२ जनाले नै पोखरालाई राजधानी बनाउने प्रस्तावको पक्षमा मत दिएका थिए । यसअघि काँग्रेस सभापति शेरहादुर देउवा नेतृत्वको सरकारले अस्थायी राजधानीको रुपमा पोखरालाई नै तोकेको थियो ।

यद्यपि प्रदेशको नाम भने अझै तोकिएको छैन । प्रदेशको  नामका विषयमा गण्डकी, तमुवान–मगरात, गोरखा र धवलागिरी, गण्डकी तमुवान, गण्डकी र अन्नपूर्ण लगायतका नामहरु चर्चामा रहेका छन् ।

प्रदेशको नामका विषयमा भने मंगलवार र बुधवार बस्ने प्रदेश सभाको बैठकमा छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्