पृथ्वी राजमार्ग अन्तरगत धादिङमा पहिरो खस्दा जीप पुरियो

काठमाडौं । पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट, रोराङ गाउँपालिकास्थित कृष्णभीरमा पहिरो खस्दा जीप पुरिएको छ ।

जिल्ला प्रहरी कार्यालय, धादिङले दिएको जानकारी अनुसार लु १ ख २३४३ नम्बर जीप पहिरोले पुरेको हो । प्रहरी प्रमुख एसपी डम्बरबहादुर विक सहितको टोली अहिले घटनास्थलमा पुगेको बताईको छ ।

एसपी विकका अनुसार जीपको केहीवेर अघि उद्दार गरिएको बताईएको छ । जिपको समयमै उद्दार हुदा कुनै पनि मानवीय क्षति हुन नपाएको उनले जानकारी दिएका छन् ।

यस्तै दाङमा पनि बाढीले बस बगाएको छ । जिल्ला प्रहरी कार्यालय, दाङले दिएको जानकारी अनुसार बबई गाउँपालिका–५ मा रहेको ट्वाँङ खोलामा आएको बाढीले ना १ ख १८६१ नम्वरको बस बगाएको हो ।

प्रहरीका अनुसार नदीबाट पार गर्दैगर्दा सोमबार बिहान बस बिग्रिएको थियो । त्यहाँ बस अड्किएको केही समयपछि नदीमा पानीको बहाव बढ्दै गएपछि बसलाई खोलाले ६ मिटर तलसम्म बगाएको थियो ।

प्रहरीका अनुसार बसमा रहेका दुई जनालाई तत्कालै उद्दार गरिएको छ । अहिले घटनास्थलमा पुगेको प्रहरी टोलीले बसलाई नदीको किनारमा ल्याएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्