वर्षाका कारण नवलपरासिमा ७० घर विस्थापित

नवलपरासी । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण नवलपरासीको बर्दघाट नगरपालिकाका ७० घरपरिवार विस्थापित भएका छन् ।

वडा नंम्वर ३ लगुनाहाको बिसइटोलका बाढीले खाद्यन्न, लत्ताकपडा, हाँस, कुखुरा समेत बगाएको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ । डुबानमा परेकाहरूलाई इलाका प्रहरी कार्यालय बर्दघाटको टोली र सशस्त्र प्रहरी बल बेसक्याम्प सेमरीको टोलीले उद्धार गरेको छ ।

बाढीले कति क्षति भयो भन्ने यकिन तथ्यांक आइनसकेकोे प्रहरीले जनाएको छ । त्यस्तै, वडा नम्वर ६ मा विधुतटोल, शिवालय टोल र बेताहानी गाउँ पनि डुबानमा परेको बताईएको छ । डुबानका कारण यस क्षेत्रका २५ घरपरिवार विस्थापित भएको प्रहरीले बताएको छ । सोही नगरपालिकाको वडा नंम्वर ४, १०, र १३ मा समेत क्षेति भएको बताईएको छ ।

सरावल गाउँपालिकाको वडा नं। ४, ५, ६ र ७ का गाउँमा बाढी पसेको छ । तीमध्ये वडा नंम्वर ७ भुजहवा बढी जेखिम रहेको पाईएको छ । भारतीय नहरका कारणले पानीले निकास नभएपछि खजुरीखोला र भलुहिखोला गाउँमा पस्दा डुबानमा परेको हो ।

डुबानले मानवीय क्षति नभए पनि भौतिक क्षति भएको भने भएको बताईएको छ । अहिले गाउँपालिकाको विपत व्यवस्थापन समितिले सुरक्षित स्थान खोज्ने काम गरिहेको छ ।

प्रतिक्रिया दिनुहोस्