नागवेलीको शत् प्रतिशत हकप्रद सेयर साउन ४ देखि निष्कासन खुल्ला
काठमाडौं । नागवेली लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ४ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
वित्तीय संस्थाले ७ करोड ६६ लाख ४६ हजार रुपैयाँ बराबरको ७ लाख ६६ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन भदौ ७ गते बन्द हुने निष्कासन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ ।
हकप्रदमा असार २० गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद सेयर भर्न पाउने छन् । हकप्रद बाँडफाँडपछि संस्थाको चुक्तापुँजी १५ करोड ३२ लाख ९२ हजार रुपैयाँ पुग्ने छ ।
















प्रतिक्रिया दिनुहोस्