गण्डकी विकास बैंकको २५ प्रतिशत हकप्रद स्वीकृत

काठमाडौं । गण्डकी विकास बैकले चुक्ता पूँजीको २५ प्रतिशत अर्थात दश बराबर दुइ दशमलब पाँच (१०ः२.५) कित्ताको अनुपातमा हकप्रद सेयर जारी गर्ने अनुमति पाएको छ । धितोपत्र बोर्डले बैंकलाई ४६ लाख ९ हजार ८१५ कित्ता सेयर विक्री गर्न अनुमति दिएको छ ।
फेवासँग मर्जपछि बैंकको चुक्ता पूँजी बढाएर एक अर्ब ८४ करोड ३९ लाख २६ हजार रुपैयाँ पुगेको थियो । हकप्रद जारी गरे पश्चात वैकको चुक्ता पूँजी दुई अर्व ३० करोड रुपैयाँ पुग्नेछ ।
नेपाल राष्ट्र बैंकले तोके वमोजिम चुक्तापूँजी नपुग रहेको अवस्थामा आर्थिक बर्ष ०७३/७४ सम्मको नाफाबाट बोनश सेयर वितरण गरी पुर्याइने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्