अविरल वर्षाका कारण घर भत्किँदा ४ जनाको मृत्यु
काठमाडौं । आइतवार रातिदेखि परिहेको अविरल वर्षाका कारण रोल्पा र कैलालीमा गरि ४ जनाको मृत्यु भएको छ ।
बर्षाले रोल्पाको रुन्टीगढी गाउँपालिका–५ सैवाङ गाउँमा घर भत्किँदा ३ जना र कैलललीको ैलालीको गोदावरी नगरपालिका–९ धनचौरीमा १ जनाको मृत्यु बताईएको छ ।
रोल्पाको रुन्टीगढी गाउँपालिका–५ सैवाङ गाउँमा सोमबार बिहान घर भत्किँदा २२ वर्षीया कमला विक, उनकी १८ दिनकी छोरी आयुषा विक र १५ वर्षीया चित्रा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रमुख ज्ञानेन्द्र फुँयालले बताए ।
कैलालीको गोदावरी नगरपालिका–९ धनचौरीमा घर भत्किँदा दुठा रानाको मृत्यु भएको हो । घरले च्यापिएर मृतकका श्रीमान कडेरा राना घाइते भएका छन् । अविरल वर्षाले डुवान, बाढी र पहिरोको खतरा बढेको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्