प्रभु बैंकको सेयर लिलामी भर्ने आज अन्तिम दिन
काठमाडौं । प्रभु बैंकको २२ लाख ३१ हजार २६५ कित्ता सेयर लिलामी भर्ने आज (असार १८ गते) अन्तिम दिन रहेको छ । असार ११ देखि बैंकले संंस्थापक समूहको १५ लाख ६० हजार २०३ कित्ता र सर्वसाधारण समूहको ६ लाख ७१ हजार ६२ कित्ता सेयर लिलामीमा ल्याएको हो । लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलकबोलमा सहभागी हुन पाउनेछन् ।
बैंकले यसअघि माघ ७ देखि फागुन १३ गतेसम्म ४० प्रतिशत अर्थात २ करोड ३५ लाख २५ हजार ६०८ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमा २ करोड १२ लाख ९४ हजार ३४३ कित्ताका लागि मात्र आवेदन परेको थियो । बाँकी रहेको सेयर लिलामीमा ल्याइएको हो ।
लिलामीमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौंबाट बोलपत्र फारम लिन र बुझाउन सकिनेछ । त्यसैगरी, प्रभु बैंकको केन्द्रीय कार्यालय बबरमहल काठमाडौं तथा वीरगञ्ज, विराटनगर, बुटवल, पोखरा र सुर्खेत शाखाबाट पनि आवेदन दिन सकिनेछ । प्रभु बैंककै नेपालगञ्ज, धनगढी, बाग्लुङ र कावाशोती नवलपरासी शाखाबाट पनि आवेदन दिन मिल्नेछ ।
संस्थापक समूहतर्फ न्यूनतम १००० कित्ता र सर्वसाधारण तर्फ १०० कित्ता वा सो भन्दा बढी १० अंकले भाग जाने संख्यामा आवेदन दिन सकिनेछ । हाल प्रभुको चुक्ता पुँजी ८ अर्ब १३ लाख ३४ हजार रुपैयाँ रहेको छ ।















प्रतिक्रिया दिनुहोस्