अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै

काठमाडौ । गत शनिबारदेखि जुम्लामा अनशनरत डा गोविन्द केसीको स्वास्थ्य झन् जटिल अवस्थामा रहेको जनाइएको छ ।

डा केसीको हातखुट्टा, टाउको, छाती दुख्ने समस्या बढ्दै गएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मेडिकल डाइरेक्टर डा. पूजन रोकायाले जानकारी दिए । “२४ घण्टामा २०० मिलिलिटर मात्र पिसाब भएको छ, स्वास्थ्य दैनिक रुपमा निकै खस्किदै गएकाले अवस्था खतरा छ,” रोकायले भने ।
बत्ती नभएको ठाउँमा मैनबत्ती बालेर अनशन गरिरहनुभएका डा केसीको सुरक्षा र स्वास्थ्य उपचारार्थ पहल गर्न मेडिकल टिमले प्रशासनलाई ध्यानाकर्षण गराइसकेको उनले बताए । स्वास्थ्य अवस्था खतरायुक्त भएकाले त्यसको जिम्मेवारी अब आफूहरुले नलिने उहाँले जनाए ।
डा केसीको सुरक्षा अवस्थामा निकै संवेदनशील भएर लागेको जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए । “डा केसीको माग जे जस्तो भएपनि आफ्नो ठाउँमा छन् र हामीले सम्मान गरेका छौँ, तर उहाँको मागलाई आन्दोलनको रुप दिएर हुलदंगा मच्चाउने, अपराधीकरणतिर लिन दुश्प्रयास गर्ने र शान्ति सुरक्षामा खलल पु¥याउनेलाई कडाइ गरेका छौँ,” प्रमुख जिल्ला अधिकारी पौडेलले भने ।

 

प्रतिक्रिया दिनुहोस्