विश्वकपको अन्तिम १६ बाट स्पेन बाहिरियो

एजेन्सी । रुस विश्वकप २०१८ अन्तिम १६ को तेस्रो क्वाटरफाइनलमा रुसले स्पेनलाई पेनाल्टीमा ४–३ ले हराएको छ । खेल नियमित समय १–१ मा सकिएको थियो, अतिरिक्त ३० मिनेटमा पनि कुनै गोल हुन नसकेपछी खेल पेनाल्टी सुट– आउटतर्फ गएको थियो ।

मार्को एसेन्सियोको फ्रिकिकमा रुसका सेर्जे इग्नासेभिचले आत्मघाती गोल गरेपछि खेलमा स्पेनले अग्रता लिएको थियो । तर खेलको ४० औं मिनेटमा जेरार्ड पिकेको ह्यान्डबल भएपछि रुसले पेनाल्टी रुसका स्ट्राइकर आर्तेम जुबाले खेल बराबरी बनाएका थिए ।
दोस्रो हाफमा दुवै टोली गोल गर्न असफल भएपछि खेल यस विश्वकपमा पहिलो पटक अतिरिक्त समयतर्फ लागेको हो ।

स्पेन समूह ‘बी’ को विजेता र रुस समूह ‘ए’को उपविजेताका रुपमा अन्तिम १६ प्रवेश गरेका हुन् । यस अघि फ्रान्स र उरुग्वे क्वाटरफाइनलमा छनोट भइसके भने पोर्चुगल र अर्जेन्टिना बाहिरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्