शिक्षा र स्वास्थ्यको विकास गरे, देश अफै समृद्ध हुन्छ : मन्त्री यादव
भक्तपुर । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पैसा नभएकै कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुँदै मृत्युवरण गर्नुपर्ने अवस्थामा पुग्न नहुने बताएका छन् । उनले यस्तो अवस्था आए राज्य आफैँ असफल हुने बताउनुभयो ।
मन्त्री यादवले देशमा गुणस्तरीय शिक्षा र राम्रो अस्पतालको विकास गर्न सके मुलुक आफैँ विकास र समृद्धि हुने बताए । आईतवार भक्तपुर अस्पतालको ११४औँ वार्षिकोत्सवमा उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रको विकास नगरी देश विकास नहुने बताए । उनले राम्रो शिक्षा पाए रोजगारको समस्या समाधान हुने भन्दै सबै उपचार हुने राम्रा अस्पताल बने जनता रोगि नहुने बताए ।
उपप्रधानमन्त्री यादवले लामो समयदेखि राज्यको ध्यान राम्रो विद्यालय बनाउने र राम्रा अस्पताल बनाउनेतर्फ नभएको टिप्पणी गर्दै उनले लामो समयदेखि राज्यले शिक्षा र स्वास्थ्यमा ध्यान दिन सकेन, ध्यान दिएको क्षेत्र पनि गतिलो छैन, आज जनतालाई शिक्षा र स्वास्थ्यको प्रत्याभूति राज्यले गराउनु पर्नेमा जोडदिए ।
उनले अस्पतालमा सघन उपचार कक्ष (आइसियू) सञ्चालन गर्नुपर्नेमा जोड दिँदै केही महिनाभित्रै भक्तपुर अस्पताललाई एम्बुलेन्स दिने प्रतिबद्धता पनि जनाएका छन् ।
कार्यक्रममा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवले सेवा निवृत्त कर्मचारी, उत्कृष्ट कर्मचारीलाई सम्मान एवं पुरस्कार प्रदान गरेका थिए । उनले आजैबाट अस्पतालले सञ्चालनमा ल्याएको तीन श्ययाको ‘हाईकेयर युनिट’को उद्घाटन गरेका थिए ।















प्रतिक्रिया दिनुहोस्