यस वर्ष बारामा ६८ करोड २५ लाख बराबरको आँप उत्पादन

कलैया । यस वर्ष बारामा आँप उत्पादनमा वृद्धि भई रु ६८ करोड २५ लाख बराबरको रु १३ हजार ६ सय ५० मेट्रिक टन आँप उत्पादन भएको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा रहेको एक हजार २ सय ५० हेक्टर जमिनमा प्रतिहेक्टर १० दशमलव ९२ मेट्रिक टन आँप उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले जानकारी दिएका छन् ।

यस वर्ष उत्पादनभएका आँपमध्ये बम्बै रु ७५, माल्दा रु ७०, दशहरी रु ५० कृष्णाभोग रु ४० र अन्य आँप रु ३० देखि ३५ सम्ममा कलैया बजारमा बिक्री हुँदै आएको बताईएको छ ।

गत वर्ष २०७३÷७४ मा कुल एक हजार २ सय २५ हेक्टर क्षेत्रफल जमिनमा रु ८४ करोड तीन लाख ५० हजार बराबरको एक हजार २ सय ५ मेट्रिक टन आँप उत्पादन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्