सम्माननीय प्रधानमन्त्रीको यो समाजवादलाई नेपालमा हार्दिक स्वागत छः थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् पुर्व स्वास्थ्य मन्त्री गगन थापाले चिकित्सा शिक्षा विधेयकबारे शून्य समयमा बोल्दै सरकारले काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न पाउने गरी अध्यादेश प्रतिस्थापन विधेयक ल्याएपछि सदनमा बोल्दै आक्रोश पोखेका छन् ।

थापाले सरकारले संसदमा पेश गरेको चिकित्सा शिक्षा विधेयकमा राखिएको प्रावधानप्रति गम्भिर आपत्ति समेत व्यक्त गरे ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै एक मिनेटभित्र सरकार र त्यसको नेतृत्वविरुद्ध उसले ल्याएको विधेयक र त्यसको विरोधमा उत्रिएका डाक्टर गोविन्द केसीविरुद्ध अपनाएको व्यवहारप्रति कडा रुपमा प्रस्तुत भए ।

तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्षबीच पार्टी एकीकरणका विषयमा भक्तपुरमा दुर्गा प्रसाईको घरमा वार्ता भएको थियो । प्रसाई झापाको विर्तामोड स्थित बि एण्ड सी मेडिकल कलेजका सञ्चालक हुन ।

प्रतिक्रिया दिनुहोस्