पत्नि सीताको साथ प्रचण्ड सिंगापुरबाट आज फर्कदै

काठमाडौं । पुष्प कमल दाहाल (प्रचण्ड) सिंगापुरबाट आज स्वदेश फर्किदै छन् । पत्नी सीता दाहालको उपचारका लागि सिंगापुर गएका प्रचण्ड आज फर्कने भएका छन् ।

असार ३ गते प्रचण्ड पत्नी सीताको उपचारका लागि सिंगापुर गएका थिए । सीताको स्वास्थ्यमा केही सुधार आएपछि आज पत्नि सीतालाई लिएर फर्कन लागेका हुन् ।

सिंगापुरमा वाटरथेरापी र चिकित्सकको सुझाव अनुसारको रेगुलर औषधि सेवन पछि सीताको स्वास्थ्यमा सुधार आएको हो ।

चिकित्सकले सिंगापुरको एमपी एलिजाबेथ अस्पतालमा एकपटक स्वास्थ्य परिक्षण गराउन सुझाव दिएका थिए ।

केही दिन सिंगापुरमा रहने भनिएपनि प्रचण्डको बसाई लम्बिएको थियो । यसअघि प्रचण्ड ८ असारमा फर्किने बताइएको थियो । यस अघि सीताको उपचार केही महिना अगाडि दिल्लीमा भएको थियो ।

छोरा प्रकाशको असमायिक निधन पछि सीताको स्वास्थ्य झन्–झन् खराब हुदै गएको थियो । पछिल्लो समय सीताको आँखामा पनि समस्या देखिएको थियो ।

कलेजोको समस्याबाट पीडित सीताको यसअघि पनि सिंगापुरमै उपचार गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्