महाअभियोगमा मुछिदै मुगाबे

एजेन्सी । जिम्बावेको राष्ट्रपति रोबर्ट मुगाबेका विरुद्ध महाभियोग लगाउने प्रस्ताव सत्तारुढ दल जानुपीएफले गरेको छ । उक्त प्रक्रिया अघि बढाइने तयारी भइरहेको समाचारमा जनाइएको छ ।श्रीमतीलाई संवैधानिक अधिकार दिने तयारी गरि कानुनको उल्लङ्घन भएको भन्दै सोही आरोपमा उनलाई महाअभियोग लगाई जिम्बावेको राष्ट्रपति पदबाट आउट गरिन लागेको बताइएको छ ।

उनको आफ्नै राजनीतिक दलले राजिनामा दिन भन्दा पनि नमानेपछि सो महाभियोग प्रस्ताव मङ्गलवार नै संसद्मा पेश गर्ने तयारी गरिएको बताइएको छ ।सत्तारुढ जानुपिएफ पार्टीले मुगाबेलाई सोमबारसम्ममा पदबाट राजीनामा दिन आदेश दिएको थियो । तर सो समय सकिदा उनले राजिनामा दिएका छैनन् । त्यही कारण उनलाई महाभियोग लगाउने तयारी गरिएको पार्टीका सदस्यहरुले नै जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्