आरएसडीसीको ६० प्रतिशत हकप्रद शेयरको बिक्री खुल्ला

काठमाडौं । आरएसडीसी लघुवित्तले असार १७ गते (आईतबार) देखि ६० प्रतिशत अर्थात २१ करोड ५९ लाख ७० हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरेको छ ।

कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनका लागि जेठ २२ सोमबार सेयरधनी दर्ता किताब बन्द गरेको थियो । हकप्रद जेठ २१ गतेसम्म कायम रहेका सेयरधनीमात्र भर्न भर्न पाउने छन् । लघुवित्तको शेयर बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल मार्केट रहेको छ ।

हाल लघुवित्तको चुक्ता पूँजी ३५ करोड ९९ लाख रूपैयाँ छ । ६० प्रतिशत हकप्रद बिक्रीपछि चुक्ता पूँजी ५७ करोड ५९ लाख पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्