सिद्धार्थ इन्स्योरेन्सको ३५ प्रतिशत हकप्रद शेयरको बिक्री खुल्ला
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले आइतबारदेखि हकप्रद शेयरको बिक्री खुला गरेको । इन्स्योरेन्सले ३५ प्रतिशत हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीले चुक्ता पूँजीको ३५ प्रतिशतले हुने २२ लाख ४४ हजार ९७३ कित्ता हकप्रद बिक्री गर्न लागेको हो । हकप्रद प्रयोजनका लागि कम्पनीले जेठ १ गते सेयरधनी किताब बन्द गरेको थियो ।
बैशाख ३१ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रदमा आवेदन गर्न पाउनेछन् । कम्पनीको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी ६४ करोड १४ लाख २१ हजार रुपैयाँ रहेको छ, हकप्रद पछि चुक्ता पूँजी ८६ करोड ५९ लाख १८ हजार रुपैयाँ हु्नेछ ।















प्रतिक्रिया दिनुहोस्