उरुग्वे र फ्रान्स क्वाटरफाइनलमा प्रवेश, पोर्चुगल र अर्जेन्टिना फर्किए घर

एजेन्सी । विश्वकप अन्तिम १६ अन्तर्गत उरुग्वेले पोर्चुगललाई २–१ को स्कोरले हराएको छ । उरुग्वेका लागि स्ट्राइकर एडिन्सन काभानीले दुई गोल गर्न सफल रहे ।

खेलको सातौं मिनेटमै उरुग्वेले खेलमा अग्रता लिन सफल भएको हो । लुइस स्वारेजको क्रसमा काभानीले हेडिङ गर्दै गोल गरेका थिए । ५५ औं मिनेटमा पोर्चुगलका लागि डिफेन्डर पेपेले गोल गर्दै पोर्चुगललाई खेलमा फर्काएका थिए ।

तर उरुग्वेको लागि काभानीले ६२ औं मिनेटमा फेरी अग्रता दिलाए । काभानीले बक्स छेऊबाट गोल गर्दै उरुग्वेको जित सुनिश्चित गरेका हुन् । यस जितसंगै उरुग्वे अन्तिम ८ मा प्रवेश गरेको छ भने पोर्चुगल घर फर्किन बाध्य भएको छ ।

यस अघि मेस्सी सम्मिलित अर्जेन्टिना फ्रान्ससंग ४–३ ले पराजित भएको थियो । अब क्वाटरफाइनलमा उरुग्वे र फ्रान्स भिड्ने छन् ।

प्रतिक्रिया दिनुहोस्