एमबाप्पेले गरे पेलेको कीर्तिमानसँग बराबरी

(एजेन्सी) । फ्रान्सका युवा स्टार केलियन एमबाप्पेले रसिया विश्वकप अन्र्तगत अर्जेन्टिनाविरुद्धको प्रि क्वार्टरफाइनल खेलमा विश्व कपमा राखेको कम उमेरमा २ गोल गर्ने कीर्तिमानसँग बराबरी गरेका छन् ।
६० वर्षअघि ब्राजिलका पेलेले विश्व कपमा राखेको कम उमेरमा २ गोल गर्ने कीर्तिमानसँग एमबाप्पेले बराबरी गरेका हुन

खेल फ्रान्सले ४–३ ले जित्न सफल भएको थियो । यसै विश्वकपमा फ्रान्सबाट विश्वकपमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका एमबाप्पेले विश्व कपको एकै खेलमा २ गोल गर्दै कम उमेरमा गोल गर्ने पेलेको कीर्तिमानसँग बराबरी गरेका हुन् ।

समूह चरणमा पेरुविरुद्धको खेलमा गोल गर्दै एमबाप्पे ठुला प्रतियोगितामा गोल गर्ने फ्रान्सका र यो विश्वकपमा कान्छा खेलाडी बनेका थिए । ब्राजिलका पेलेले १७ वर्षको उमेरमा १९५८ को विश्वकपको फाइनलमा स्वीडेनविरुद्धको खेलमा दुई गोल गरेका थिए ।

त्यसयता एकै खेलमा २ गोल गर्ने एमबाप्पे १९ वर्षका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी) का उनलाई भविष्यको स्टार खेलाडीको रुपमा हेरिएको छ । २०१८ को विश्वकपमा एमबाप्पेले तीन गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्