ग्राण्डी अस्पतालको छतमा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना
काठमाडौँ । ग्राण्डी अस्पताल पुगेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको छ । शनिबार धापासीस्थित अस्पतालको छतमा ल्याण्ड गर्ने क्रममा उक्त हेलिकप्टर दुर्घटनामा परेको हो ।
काठमाडौँ प्रहरीका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको बताए ।हेलिकप्टर ल्याण्ड गर्ने क्रममा माथिल्लो तल्लाबाट तल्लो तल्लामा खसेको एसएसपी पोखरेलले जानकारी दिए । हेलिकप्टरलाई भने निकाल्न सकिएको नसकिएकको उनको भनाई छ ।
कल साइन 9NALR को हेलिकोप्टर अस्पतालको डाक्टर लिएर चितवन बिरामी लिन उड्ने तयारीमा थियो । डाक्टरलाई रिसिभ गर्न ग्रान्डीको छतमा ल्यान्ड गर्ने क्रममा उक्त विमान दुर्घटना भएको बताइएको छ ।
विमानको पखेटामा भने क्षति पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्