डाक्टर गोविन्द केसी जिल्ला प्रहरी कार्यालयमै अनसन बसे

जुम्ला । जिल्ला प्रहरी कार्यालयमा डा.गोविन्द केसीले अनशन सुरु गरेका छन् ।

अनशन सुरु गर्नुपूर्व नै पक्राउ परेपछि डा. केसीले प्रहरी कार्यालयमै अनशन सुरु निषेधित क्षेत्र तोड्दै अनसन बस्न खोजेपछि प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा र्पुयाएको थियो । डा. केसीले प्रहरी हिरासतमै ३ बजे अनसन थाले ।
प्रहरीले केसीका समर्थकमाथि दमन गरेको छ । आफू र आफ्ना समर्थकमाथि प्रहरीको दमनको डा.केसीले भत्र्सना गरेका छन् ।

डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्ने घोषणा गरेका थिए तर, स्थानीय प्रशासनले शुक्रबार निषेधित क्षेत्र घोषणा गर्दै अनसन बस्न दिएन ।

अहिले प्रहरीले कभर्ड हलमा र्पुयाएको छ र डा.केसी त्यही अनसनरत छन् । डा.केसीले चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयक ल्याउनु पर्ने लगायतका ७ बुँदे माग राखेका छन् ।

मागहरु : 
१) चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक तत्काल संसदमा पेश गरेर स्नातकोत्तर तहपछिको सेवा अवधिबाहेक बाँकी  बुँदाहरुमा कुनै परिवर्तन नगरी यथारुपमा पारित गरियोस् । तत्पश्चात् अविलम्ब चिकित्सा शिक्षा आयोगलाई कार्यकारी उपाध्यक्षसहित पूर्णता दिएर मात्र साझा प्रवेश परीक्षा सञ्चालनलगनयत कामहरु सुचारु गरियोस् ।
२) कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस लगायत स्नातक तहका विद्यार्थी भर्ना गर्ने गरी पूर्वाधार र जनशक्ति कायम गरियोस् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र गेटा मेडिकल कलेजको काम शीघ्र अघि बढाइयोस् । पाँचथर–इलाम, डडेल्धुरा–डोटी र उदयपुरमा सरकारी मेडिकल कलेजहरु स्थापना गरियोस् ।
३) माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन निषेध गर्ने निर्णय तत्काल सदाका लागि फिर्ता गरियोस् ।
४) चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठहर्याएका पदाधिकारीहरुलाई आयोगको सिफारिश बमोजिम कारवाही गरियोस् । त्रिविले खोसेका अधिकारहरु आइओएममा फिर्ता गर्दै आइओएमलाई थप स्वायत्तता दिइयोस् ।
५) विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा बनेको पदाधिकारी मापदण्ड निर्धारण समितिको प्रतिवेदन कार्यान्वयन गरियोस् ।
६) कथित छात्रवृत्ति व्यवस्थापन तथा परिचालन कार्यविधि २०७५ खारेज गरी चिकित्सा शिक्षा ऐनमा स्नातकोत्तर तहको छात्रवृत्तिपछि २ वर्ष अनिवार्य सेवाको व्यवस्था गरियोस् । आगामी शैक्षिक सत्रदेखि सबै निजी संस्थाहरुमा समेत चिकित्साको स्नातकोत्तर तह निःशुल्क गरियोस् ।
७) पठनपाठन ठप्प भइसकेको जानकी मेडिकल कलेजका विद्यार्थीहरुलाई उचित व्यवस्थापन गर्दै विद्यार्थीहरुलाई अलपत्र पार्नमा जिम्मेवार व्यक्तिहरुलाई तत्काल कारवाही गरियोस् । तथा प्रदेश २ मा सरकारी मेडिकल कलेज खोल्ने काम तत्काल शुरु गरियोस् ।
प्रतिक्रिया दिनुहोस्