बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते

काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्ज नजिक खाता संरक्षित क्षेत्र भित्रपर्ने सामुदायिक वनमा बाघले आक्रमण गरि एक महिलालाई गम्भीर घाइते बनाएको छ ।

सो संरक्षित क्षेत्रमा पर्ने सामुदायिक वनमा घाँस काट्न गएको बेला बाघले आक्रमण गरेको हो । पिडित घाइते मधुवन नगरपालिका– ३ की ५० वर्षीय विष्णु बुढाथोकी भएको स्थानीयवासी हरि गुरुङले जानकारी दिए ।
घाँस काट्नसँगै गएका साथीहरुले बुढाथोकीलाई आक्रमण गरेको देखेपछि होहल्ला गर्दा बाघले घाइते अवस्थामा पुर्याएर छाडेको स्थानीयले बताएका छन् । घाइते महिलाको घाँटी र खुट्टामा ठूलो घाउ लागेको छ ।
घाइतेलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएको इलाका प्रहरी कार्यालय ढोढरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्