निषेधित क्षेत्रमा प्रदर्शन गर्ने विवेकशील साझाका संयोजकसहित दश जना पक्राउ

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलालाई सरकारले विरोध प्रदर्शनका लागि निषेधित क्षेत्र घोषणा गरेको विरोधमा प्रदर्शनमा उत्रेका विवेकशील साझा पार्टीका संयोजक उज्ज्वल थापासहित दश जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

माइतीघर मण्डलामा भइरहेको प्रदर्शनमा हस्तक्षेप गर्दै प्रहरीले थापा सहितका प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको हो । माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन गर्न पाउनुपर्ने विवेकशील साझा पार्टीको माग रहेको थियो ।

माइतीघरलाई सरकारले सौन्दर्यता र संरक्षणका लागि आन्दोलन गर्न निषेध घोषण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्