विश्व कप फुटबलको नकआउट चरण आजबाटः फ्रान्स विरुद्ध अघि बढ्ला अर्जेन्टिना ?

एजेन्सी । रसियामा जारी फिफा विश्वकप फुटबलको नकआउट चरण शनिबारबाट शुरु हुँदैछ । समूह चरणमा निकै सहज ढंगले अघि बढेको समूह विजेता फ्रान्स र त्यसको ठिक विपरित निकै संघर्ष गरेको अर्जेन्टिनाबीच पहिलो खेल हुनेछ ।

त्यसैगरि अर्को खेलमा पोर्चुगलले उरुग्वेको सामना गर्नेछ । यो खेल नेपाली समय अनुसार राती ११ः४५ मा सुरु हुनेछ । यी दुई खेलको विजेता क्वार्टरफाइनलमा भिड्नेछन् ।

अर्जेन्टिना अन्तिम खेलमा संघर्षपूर्ण खेलमा नाइजेरियलाई २–१ ले हराउँदै अघि बढेको थियो । पहिलो खेलमा आइसल्यान्डसँग १–१ रोकिएर विश्व कपको यात्रा सुरु गरेको अर्जेन्टिना अर्को खेलमा क्रोएसियासँग स्तब्ध भएको थियो । भने फ्रान्स आफ्नो समूहको विजेताका रुपमा अगाडी रहेको छ ।

समूहको अन्तिम जित्दै पर्ने खेलमा सुखद नतिजाका साथ अर्जेन्टिना अघिल्लो चरणको यात्रा गर्न सफल भएको थियो । उरुग्वे भने आफ्नो समूहको विजेताका रुपमा अघि बढ्दा स्पेन सम्मिलित समूहबाट पोर्चुगल उपविजेताका रुपमा अघि बढेको थियो । सुरुवाती दुई खेलमा चार गोल गरेका रोनाल्डो इरानसँग पेनाल्टीमा गोल गर्नबाट चुकेका थिए ।

प्रिक्वाटरफाइनलमा युरोपबाट सबैभन्दा धेरै १० टोली छन् भने दक्षिण अमेरिकाबाट ४ तथा उत्तर अमेरिका र एसियाबाट एक एक टोली छन् । पछिल्लो ३६ वर्षमा अफ्रिकाबाट भने कुनै पनि टोली अन्तिम १६ मा पुग्न सकेका छैनन् ।

विश्व कपमा आज हुने खेल

फ्रान्सविरुद्ध समूह अर्जेन्टिना–साँझ ७ः४५ बजे

उरुग्वे विरुद्ध पोर्चुगल – राती ११ः४५ बजे

प्रतिक्रिया दिनुहोस्