नेपाल इन्सुरेन्सको लिलामी सेयरमा १५३ रुपैयाँ भाउ तोक्नेले नि शेयर पाए
काठमाडौं । नेपाल इन्सुरेन्सको लिलामी सेयरमा १५३ रुपैयाँ भाउ तोकेर लिलामी भर्नेले पनि यस कम्पनीको सेयर हात पारेका छन् । बजारमा नेपाल इन्सुरेन्सको बिहीबारको क्लोजिङ प्राइस प्रतिकित्ता ६४१ रुपैयाँ छ ।
नेपाल इन्सुरेन्सको लिलामी सेयरको कट अफमा यस्तो अचम्मको भाउ तोकेको लिलामी खोल्ने अवसर पनि एनआइबीएल एस क्यापिटललाई नै मिलेको छ ।
बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार नेपाल इन्सुरेन्सको लिलामी सेयर न्यूनतम १५३ रुपैयाँ भाउ तोकेर बोलपत्र पेस गर्नेले पनि पाए । यस लिलामीमा अधिकतम ६७५ रुपैयाँसम्म भाउ राखेर बोलपत्र पेस गर्ने लगानीकर्ता पनि भेटिएका छन् ।
यता, नेपाल इन्सुरेन्सकै संस्थापक तर्फको सेयरमा भने प्रतिकित्ता १०१ रुपैयाँ भाउ तोकेर बोलपत्र भर्नेले सेयर पाउनेछन् । यसमा १ जनाले आवेदन दिएका थिए । दुवै समूहको सम्पूर्ण लिलामी सेयर बिक्री भएको छ ।
नेपाल इन्सुरेन्सले असार ३ देखि १० गतेसम्म सर्वसाधारण समूहको १ लाख ५८ हजार ९४६.८० कित्ता र संस्थापक समूहको २ हजार १७७.३० कित्ता सेयर लिलामीमा ल्याएको हो । यसअघि कम्पनीले वैशाख ५ गतेदेखि जेठ ८ गतेसम्म ३० लाख १९ हजार ८८६.१० कित्ता १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो ।















प्रतिक्रिया दिनुहोस्